सिम्बोलिक सहकारीको अध्यक्षमा राजेन्द्र गिरी चयन

काठमाडौको जडिबुटीमा रहेको सिम्बोलिक बचत तथा ऋण सहकारी संस्थाको १२ औैं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाबाट नयाँ संचालक कार्यसमिति समेत चयन गरिएको छ ।

त्यसैगरी संस्थाको उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, सचिवमा अप्सरा गिरी काषाध्यक्षमा हरिराम गिरी निर्वाचित हुनुभएको छ भने संचालकमा माधवराज गिरी रुपेश वर्देवा र बाटुली चौलागाई भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा धुव्रराज गिरी सदस्यमा चम्फा गिरी र राजेन्द्र चौलागाई निर्वाचित हुनु भएको हो ।
सो कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य रत्न ढकालको रहेको थियो भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष जयराम गिरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *