भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वितीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., च्यामासिङको तालिम हलमा दुई दिवसीय ऋण व्यव‌स्थापन तालिम २०८० पुस २७ र २८ गते सम्पन्न भयो । सो तालिम समापनको अवसरमा मन्तव्य व्यक्त गर्दै त्यसै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले

य‍ो तालिमबाट सिकेको कुराहरू सहकर्मीलाई सिकाउने र संस्थामा पनि लागू गर्न आफ्‌नो सञ्चालक समितिमा राख्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले तालिमबाट सैदान्तिक र व्यवहारिक सिकाइले सक्षम र अबल बनाउन धेरै सहयोग गर्ने बताउनुभयो । उहाँले वर्तमान सहकारी समस्या सहकारी ऐन नियम परिपालना नगरेका कारण आएको बताउनुभयो । यसैगरी उक्त संघका कोषाध्यक्ष काञ्छाभक्त घजुले यस तालिमबाट संस्थाहरूमा ऋण व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट विश्वका असल अभ्यास सिक्नुको साथै ऋण वगीर्करणा गरी लगानी र लगानी भएका ऋणीहरूको समय समयमा निरीक्षण गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो।
यस्तैगरी तालिमका प्रशिक्षक बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले तालिमले सहकारीलाई सही ढंगले सञ्चालन गर्न टेवा पु-याउने विचार व्यक्त गर्नुभयो । उहाँले विभिन्न प्रयोगात्मक उदाहरण मार्फत ऋण परिचय, उद्देश्य, जोखिम व्यवस्थापन, क्षमता आधारित ऋण लगानी, ऋण मुल्याङ्‌कन गर्ने विधि, ऋण वर्गिकरण, भाखा नाघेको ऋण व्यवस्थापन, भाखा नाघेको ऋण असुलीबारे विस्तृत जानकारी दिनुभयो । उहाँले ऋण व्यवस्थापनमा ६ सि विश्लेषण, नीति नियमको पालना गनुपर्नेमा जोड दिदै जोखिमबाट मुक्त हुन नसक्ने तर न्यूनिकरण गर्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले ऋण दिएर मात्र समस्याको हल नहुने भएकोले त्यसको व्यवस्थापन राम्ररी गर्नुपर्ने, तमसुकमा प्रमाणीकरण गर्नुपर्ने र सहकारी अभियानमा नीति अनुरूप ऋण प्रवाह गर्नुपर्ने खाँचो औंल्याउनुभयो।
उक्त संघका वित्तीय सेवा प्रवर्द्ध उप-समितिका सदस्य राजकुमार लघुले घन्यवाद मन्तब्य र सोही उप-समितिका सदस्य राजाराम गोसाईले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा तालिममा सहभागीहरुलाई त्यसै संघका अध्यक्ष लाखाजुले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

उक्त तालिममा २९ वटा सदस्य संस्थाबाट ३३ जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *