बालकुमारी साक‍ोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा रु.३,१५,११,००० खुद मुनाफा आर्जन गरेको छ । सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षता तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा यही पुस ७ गते शनिबार शंखधर पार्टी प्यालेस, शंखधरचोक, भक्तपुरमा सम्पन्न उक्त संंस्थाको २३औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।

उक्त सााधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले मध्यपुर थिमि नगरपालिकामा १२८ वटा सहकारी संस्था सञ्चालनमा रहेका र समुदायमा आधारित रही सुशासनमा चलेका बालकुमारी साक‍ोस जस्ता सहकारी संस्थाहरुको अवस्था राम्रो रहेको बताउनुभयो । सहकारी संस्थाहरुले गलत काम गरेको पाइएमा त्यस्ता सहकारी संस्थालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सुशासन रहेर सञ्चालन भइरहेको बालकुमारी साकोस सहकारी क्षेत्रमा उत्कृष्ट सहकारी संस्थाको परिचय बनाएर अगाडि बढेकोले शेयर सदस्यहरुले ढुक्क भएर यस संस्थामा कारोबार गर्न आग्रह गर्नुभयो । शेयर सदस्यहरुले राम्रो सँग ध्यान नदिदा कतिपय सहकारी संस्थामा समस्या देखिएकोले शेयर सदस्यहरु सहकारी संस्थाको साधारण सभामा पुगेर पारवहन खर्च बुझेर त्यत्तिकै फर्किहाल्ने नगरी त्यहाँ आफ्नो संस्थाको वित्तीय अवस्था लगायतका विषयमा राम्र‍ोसँग छलफल गरी नीति र कार्यक्रम बनाएर त्यसको कार्यान्वयनमा सक्रिय सहभागी हुनु पर्ने खाँचो औंल्याउनुभयो ।

सााधारण सभाको अध्यक्षता गरेका श्रेष्ठले सो संस्थाक‍ो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना शेयर सदस्यहरुक‍ो आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा जीवनस्तर माथि उठाउने उद्देश्यले २०५७ सालमा २८ जना शेयर सदस्यहरुको रु.७ लाख शेयर पूँजीबाट वित्तीय कार‍ोबार शुरु गरेको हाम्रो यश बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य महानुभावहरुको अटुट साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलता र मेहनतले निरन्तर प्रगतिपथमा अगाडि अगाडि बढ्न सफल भएक‍ो र गत आषाढ मसान्तसम्म यस संस्थामा शेयर सदस्य संख्या ५,५२९ , शेयर पूँजी रु.१३,५०,९६,०००, जगेडा तथा अन्य कोषमा रु.८,१७,१९,००० , निक्षेप संकलन रु.१,६३,१८,००० र ऋण लगानी रु.१,३३,७७,००,००० र कुल कारोबार रु.१,९२,००,००,००० रहेको बताउनुभय‍ो । उहाँले सहकारी सिद्धान्त, मूल्य , मान्यता तथा नियामक निकायहरुको निर्देशन र सुझावलाई आत्मसात गरी सञ्चालन भइरहेको हाम्र‍ो यो संस्थाले बचत तथा ऋण कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचानात्मक सामाजिक कार्य गर्दै आएको विचार व्यक्त गर्नुभयो । उहाँले ‘नेेपालको संविधानमा सहकारी राष्ट्रिय अर्थतन्त्रको ३ खम्बामध्येको १ खम्बा भनेर उल्लेख भएकोले सहकारीलाई सरकारले त्यही अनुरुपको व्यवहार गर्नुुुपर्छ र सहकारी अभियान पनि जिम्मेवार हुनुपर्छ’, भन्नुभय‍ो ।

साधारण सभामा त्यसै संंस्थाका सचिव पृथ्वीराम श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ‘नीति, विधि र प्रविधिमा चलेको हाम्र‍ो यस संस्थाले बालकुमारी स्मार्ट बैंकिङ्ग सेवा जस्ता प्रविधि सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई छिटो र सहज ढंगबाट गुणस्तरीय वित्तीय सेवा प्रवाह गरिरहेको छ’, भन्नुभयो । सो संस्थाको गतिविधिबारे प्रकाश पार्दै उहाँले आर्थिक वर्ष २०७९/०८० मा पाठेघरको मुख तथा स्तन क्यान्सरको जाँचका लागि नि:शुल्क स्वास्थ्य शिविर, वित्तीय साक्षरताका लागि विस्तारित मञ्च लगायतका कार्यक्रम सञ्चालन गरेको हाम्रो यस संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको बालकुमारी छात्रबृत्ति, शेयर सदस्यहरुमा वित्तीय साक्षरताका लागि अभिमुखीकरण कार्यक्रम , सञ्चालक समिति र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि शिक्षा/तालिम तथा ग‍‍ोष्ठि जस्ता कार्यक्रमलाई निरन्तरता दिने य‍जना रहेको बताउनुभयो ।

यसैगरी साधारण सभामा उक्त संंस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले सो संंस्थाको वित्तीय अवस्था र प्रगतिबारे प्रकाश पार्नुभयो । उहाँले आर्थिक वर्ष २०७८/०७९ मा भन्दा आर्थिक वर्ष २०७९/०८० मा जगेडा तथा अन्य कोष २२ प्रतिशत र मुनाफा १४.५२ प्रतिशत सहित संस्थाको कारोबार वृद्धि भएको बताउनुभयो ।

यस्तै सााधारण सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संंय‍ोजक चन्द्रमोहन श्रेष्ठले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ऋण लगानी लागि नयाँ क्षेत्र खोजी गर्नु पर्ने लगायतका विषयमा सुझाव दिनुभयो ।

सोही संंस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठले संय‍ोजन गर्नुभएको साधारण सभाबाट शेयर सदस्यहरु बीच छलफल सम्पन्न भएपछि ती प्रतिवेदनहरु पारित गरियो ।

साधारण सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि श्रेष्ठलाई मनयाको चिनो प्रदान गर्नुभयो । यसैगरी साधारण सभामा सो संंस्थाका जेष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका साथै शेयर सदस्यहरुका छोराछ‍ोरीमभ्ये २०७९ सालको एसईई (SEE) उत्कृ्ष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका नानीबाबुहरुलाई पुुुरस्कार प्रदान गरी सम्मान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *