लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथिबाट संस्थाका बाल सदस्यहरुको सुमधुर बा“सुरी धुनका साथ पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै सुवालले अहिलेको विद्यमान सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई औंल्याउदै राजनीतिक रुपमा उच्च पदमा रहेका र पहु“च भएका व्यक्तिहरु नै सहकारीमा संलग्न भई ऋणको दुरुपयोग गर्दै आएको कुरा बताउनु भयो । नेताहरुले सफा राजनीति नगरेसम्म जनताले सुख नपाउने कुरा प्रष्ट्याउदै अहिलेसम्म सिंहदरवारमा शासन गर्ने सबै शासकहरु भ्रष्ट हु“दा सचेत जनताले चुनाव मार्फत दण्डित गर्नुपर्ने बताउनुभयो । नेपालका ठुला दल भारत सरकारको इसारमा चल्ने कुरा तर्फ इड्ढीत गर्दै सुवालले कृषकहरुलाई मल ल्याउन नसक्ने, देशको नदीनाला विदेशीलाई सुम्पने र नेपालको नदीमा जलविद्युत निकाल्न विदेशको स्वीकृति लिनुपर्ने, देशको उद्योग निजी क्षेत्रलाई सुम्पने जस्ता कारणले परनिर्भर बढेको बताउनुभयो । नेपालीले हरेक कुरामा भारतको मुख ताक्नु पर्ने अवस्था सिर्जना भइरहेकोले सहकारी मार्फत उत्पादनशील क्षेत्रमा लगानी गरि विस्तारै त्यस्तो परनिर्भरता कम गर्न सकिने औल्याउनु भयो । समुदायमा आधारित सहकारीले कृषक तथा साना उद्यमीहरुलाई आवश्यक पर्ने कम्पोष्ट मल बनाउने, उद्यमशीलता तालिम गर्ने र त्यस्ता सदस्यहरुलाई सहजरुपमा ऋण लगानी गर्न सकिने वातावरण तयार गर्नु पर्ने बताउनु भयो । नया“ पिढीलाई नैतिक शिक्षाको आवश्यकताबारे बोल्दै उहा“ले भन्नु भयो, भविष्यका संवाहकलाई हामीले हाम्रो सांस्कृतिक, सभ्यता, बानीव्यहोरा, आदर–सम्मान जस्ता व्यवहारिक शिक्षा सहकारीले संचालन गर्नुपर्ने कुरामा चर्चा गर्नुभयो ।
साविक भनपा १५ वडाका पूर्व अध्यक्ष रविन्द्र खर्बुजाले सहकारीको कार्यहरु मध्ये सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता बारे चर्चा गर्नुभयो । हामीले अध्ययनलाई कहिल्यै बोझको रुपमा नलिई फुर्सदको समयलाई सदुपयोग गर्नु पर्ने कुरा राख्दै चा“डबाडको समयमा जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने मार्गदर्शन दिने ज्ञानमूलक पुस्तकहरु पढ्न सुझाव दिनुभयो ।
भनपा वडा नं. २ का वडा सदस्य श्याम सुन्दर मातांले सहकारीको एकिकरण गर्नपर्ने कुरा उठिरहेको अवस्थामा प्रदेश सरकारबाट गैरकानुनी रुपमा दर्ता भएका बहुउद्देश्य सहकारी संस्थाहरुलाई तत्कार खारेज गर्नुपर्ने कुरा बताउनु भयो । भक्तपुरमा सहकारी क्षेत्रको सुधारका लागि नगरपालिकबाट नियमित रुपमा सहकारीको अनुगमन गर्दै आएको जानकारी दिनुभयो । जनताको स्वास्थ्यमा नगरपालिकाले पहिलो प्राथमिकता राख्दै आएकोले पछिल्लो समय महामारीको रुपमा फैलिरहेका डेंगु रोगको रोकथाम तथा उपचारको बारेमा विभिन्न जनचेतनामूलक ¥यालीहरु संचालन गरेको बताउनु भयो । नगरपालिकाबाट संचालित देको मिवा इतापाको आवास योजनाको प्रगतिबारे कुरा राख्दै गुठी जग्गा रैतान सम्बन्धी कानुनी व्यवस्था सम्बन्धी कुराहरु राख्नु भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वजुले सहकारी क्षेत्रमा आएका वर्तमान समस्यहरु गैर समुदायमा आधारित सहकारी संस्थाहरुमा देखिएकोले त्यस्ता नराम्रा घटनाहरुबाट हामी सजग रहनु पर्ने बताउनु भयो । सहकारी सरकारको विभागमा दर्ता भएपछि कुनैपनि छाता संघमा दर्ता नहुने प्रवृत्तिले त्यस्ता सहकारीहरुलाई शंकास्पद रुपमा सरकारले नियमन गर्नुपर्ने कुरा राख्नु भयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मित्र साकोसहरुको तर्फबाट सिद्धि गणेश साकोसका ईश्वरमान दुमरु र तलेजु साकोसका लक्ष्मी प्रसाद गोराले शुभकामना मन्तव्य राख्नु भएको थियो । लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव कृष्णराम तुकंबन्जार र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो । सोही अवसरमा संस्थाका जेष्ठ सदस्यहरु, उच्च मावि उत्तीर्ण विद्यार्थीहरु, असल बचतकर्ता, असल ऋणी तथा असल बालसदस्यहरुलाई पनि सम्मान गरियो भने संस्थाबाट आयोजित विभिन्न खेलमा सहभागी विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको बिचबीचमा सा“स्कृतिक प्रस्तुतिहरु भएको थियो भने सस्थाको कुल सदस्यहरु मध्य ८२।०७ प्रतिशत सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
साधारण सभामा निर्वाचन समितिबाट आगामी चार बर्षको लागि राजन जतिको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरिएको थियो ।