नवरत्न सहकारीको अध्यक्षमा देवराज गिरी चयन

 

ललितपुरको गोदाबारी नगरपालिका-३, टौखेलमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संंस्था लि.क‍‍ो १७औँ वार्षिक साधारण सभा देवराज गिरीको अध्यक्षतामा सञ्चालक समिति र रामहरि खड्काको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरि २०८० पुस २१ गते ललितपुरमा सम्पन्न भय‍ो । ४ वर्ष कार्यकाल रहने उक्त सञ्चालक समितिक‍ो उपाध्यक्षमा लक्ष्मी विष्ट , सचिवमा शर्मिला आचार्य , कोषाध्यक्षमा दीपा खत्री र सदस्यमा हरिकृष्ण सार्की, श्यामबहादुर पौडेल र कर्णबहादुर कार्की चयन हुनभएक‍ छ । यसैगरी तयस संस्थाको लेखा सुपरीवेक्षण समिति सदस्यमा गणेश नगरकोटी र मिलन थामी हुनुहुन्छ ।

साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन र लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल गरि पारित गरी उक्त संस्थाका शेयर सदस्यहरुलाई १५ प्रतिशत लााभांंश र संरक्षित पूँजी कोषको रकम वितरण गर्ने, कुनै सदस्यलाई मुटु, क्यान्सर जस्ता घातक र‍‍ोग लागेमा उपचारका लागि एक पटक १०,००० रुपैयासम्म औषधि उपचार खर्च प्रदान गर्ने , कुनै शेयर सदस्यको निधन भएमा समवेदना स्वरुप १०,००० रुपैया सदगद खर्च निजको परिवारलाई प्रदान गर्न र महिलन शेयर सदस्य सुत्केरी भएमा निजलााई सुत्केरी भत्ता प्रदान गर्ने लगायतका निर्णय गरेको जनाइएको छ । आर्थिक पर्ष २७९/०८० मा य‍‍ो संस्थाले झण्डै १ करोड रुपैया मुनाफा आर्जन गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *