ललितपुरको भिन्छेबहालमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा महाविहार भिन्छेबहालको प्राङ्गणमा २०८० असोज २६ गते शुक्रबारको दिन सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेकी संस्थाकी जेष्ठ सदस्य चन्द्रमाया बज्रचार्यले गरेकी हुन् । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष अष्टमान बर्जचार्यले गर्नुभएको हो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै सोहि संस्थाका अध्यक्ष बज्रचार्यले यस मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं वसन्त पार गरी १४ औं बर्षमा प्रवेश गरेको अवसरमा संस्थाका सम्पूर्ण शेयर सदस्य, कर्मचारी संचालक समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।
साथै यस संस्थामा सदस्यहरुले बचत गर्दै गरिएको रकम सुख दुःख र मिहिनेत गरेर कमाएको पैसा सुरक्षित छ र सुरक्षित भईरहने जानकारी गराउनु भयो । यो संस्था समुदायमा आधारित सदस्य केन्द्रित सहकारी संस्था हो र हामीले समुदाय भित्रका मानिसहरुलाई सदस्य बनाएका छौं र ऋण सुविधा पनि समुदाय भन्दा बाहिर नगई समुदाय भित्रै लगानी गरेका छौं उनले सो कुरा आफ्ना सदस्यहरु समक्ष प्रष्ट पारेका थिए ।
संस्थाको आर्थिक बर्ष २०७९÷०८० को असार मसान्त सम्म बचत संकलन ६०६२१४८१÷२१ शेयरपुँजी ७३५३५००÷– ऋण लगानी ४३६९१२४९ रहेको छ भने संस्थामा ४ सय ७३ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।