काठमाडौंको डल्लुमा रहेको डल्लु एकता बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं बार्षिक साधारण सभा काठमाडौंको स्वीजरल्याण्ड पार्कमा हिजो सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका सहकारी विज्ञ केशव बहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष लक्ष्मीनारायण नेवाले गर्नुभएको हो ।
त्यसैगरी संस्थाका उपाध्यक्ष सुनिल अधिकारीले स्वातग मन्तव्य, सचिव अर्जुन दुरैलीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
संस्थाको उन्नती तथा भावी योजनाको बारेमा संस्थाका व्यवस्थापक सुदर्शन आचार्यले प्रष्ट पार्नुभयो ।
संस्थाका कोषाध्यक्ष जयराम श्रेष्ठले आर्थिक स्थिति बारे जानकारी गराउनुभयो ।
संस्थाका उपाध्यक्ष श्री सुनलि अधकिारीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको उद्घोषण संस्थाका सचवि श्री अर्जुन दुरैलीले गर्नुभएको थयिो । संस्थाको यो वर्षको उन्नत ितथा भावी योजनाबारे संस्थाका व्यवस्थापक श्री सुदर्शन आचार्यले प्रकाश पार्नुभएको थयिो भने कोषाध्यक्ष श्री जयराम श्रेष्ठज्यूले आर्थकि स्थतिबिारे जानकारी दनिुभएको थयिो ।
त्यस्तै, लेखा सुपरविेक्षण समतिकिा संयोजक अर्जुन दाहालले गत आर्थकि वर्षको आन्तरिक लेखापरीक्षणको बारेमा अवगत गराउनुभएको थियो ।
सोहि अवसर पारेर संस्थाले २ जना शेयर सदस्यलाई जेष्ठ सदस्य सम्मान, २ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी कदरपत्र, १ जनालाई एतकृष्ट कारोबार कदरपत्र तथा एसईई उत्तीर्ण ७ जनालाई शैक्षिक सम्मान पत्र प्रदान गरिएको हो ।
सो सभामा करिब ३०० भन्दा बढि सदस्यहरुको उपस्थिति रहेको थियो ।