जिल्ला सहकारी संघ लि.,काठमाडौंको २४औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा सुमन के.सी. चयन

सहकारी अभियानकर्मी सुमन के.सी.को अध्यक्षतामा सञ्चालक समिति र रविन्द्र श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी जिल्ला सहकारी संंघ लि.,काठमाडौंको २४औँ बार्षिक साधारण सभा स्काई दरबार बैङ्क्वेट ,सिंहदरबार काठमाडौंमा आज सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा अमरावती बलामी महर्जन, महिला उपाध्यक्षमा विष्णुकुमारी चौलागाईँ, महासचिवमा बालकुमार बास्तोला, सचिवमा सनोज भटराई , कोषाध्यक्षमा देवनारायण चौंलागाईँ र सदस्यमा हरिप्रसाद सापकोटा, दीपेनकुमार राई, जीतबहादुर लामा तामाङ, सविना वाग्ले, कविन्द्र रिमाल, सीता घिमिरे, सागरप्रसाद बखेल, सपना अर्याल र हेमबहादुर कार्की तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा तपन पोखरेल र अनिता पौडेल चयन हुनुभएको छ ।

जिल्ला सहकारी संंघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाडले अध्यक्षता, उपाध्यक्ष खेमराज सुवेदी धन्यबाद ज्ञापन र महासचिव मनोज भण्डारीले सञ्चालन गर्नुभएको त्यस साधारण सभामा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका निबर्तमान सञ्चालक एवं जिल्ला सहकारी संघ लि.,काठमाडौंका पूर्व अध्यक्ष कृृष्णबहादुर उप्रेती, जिल्ला सहकारी संंघ लि., काठमाडौं पूूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक ए केन्द्रीय उपभोक्ता सहकारी संंघ लि.,का अध्यक्ष टेकप्रसाद चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रलाई मर्यार्दित बनाएर यसको विकास र प्रवर्द्धनका लागि सहकारी अभियान र सरकार हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

साधारण सभामा त्यसै संंघका अध्यक्ष ज्ञानबहादुर तामाङले संघको वार्षिक प्रतिवेदन र सोही संंघका लेखा सुपरीवेक्षण समिति संयोजक सुमन के.सी.ले संंघको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिनिधिहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नवनिर्वाचित सञ्चालक टेकप्रसाद चौलागाईँ तथा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल र सञ्चालकहरु खेमराज सुबेदी, सीता पौडेल ढकाल , सुशिलकुमार बस्नेत र देव श्रेष्ठलाई सफल कार्यकालक‍ो सफलताको शुभकामना सहित बधाइ ज्ञापन गरी सम्मानित गरियो । यही पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न नेफ्स्कूनको ३१औँ वार्षिक साधारण सभाबाट नेफ्सकूनको सञ्चालक समिति सदस्यमा निर्वाचित हुँदा खेमराज सुबेदी र सीता पौडेल ढकाल जिल्ला सहकारी संंघ लि.,काठमाडौंको उपाध्यक्ष , सुुशिलकुमार बस्नेत सो संंघको सञ्चालक समिति सदस्य र देव श्रेष्ठ सोही संघको लेखा सुपरीवेक्षण समिति सदस्य हुनुहुुन्थो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *