राज्यका स्थानीय स्तरका सम्पुर्ण बजेटहरुको कार्य सहकारीहरुको माध्यमबाट गर्नुपर्छ

सबै तह र तप्काका मान्छे हरुको समुह बनाइ सबैको समान दायित्व र अवसर बोकेको एक विश्वव्यापी जनताद्वारा स्वचालित संगठन हो
सहकारी जसको उदेश्य नै सबै र संग संगै मिलेर काम गर्नु भन्ने बुझिन्छ तर आज नेपालको सहकारी अभियान केहि निश्चित उदेश्य बोकेका पार्टीका झोले हरुले सत्ता र शक्तिको आडमा आफ्नो निजि कम्पनीका रुपमा संचालन गरेका छन। यसको प्रमुख कारण भनेको सदस्यहरुले सहकारीको महत्व र जिम्मेवारी नबुज्नु नै हो ।
जसमध्य भुमिका भन्दा पनि म आफुले एक सहकारी संस्थाको नेतृत्व कर्ता भएर भोगेका अनुभव मध्य केहि सम्सया र समाधानका उपायहरु
प्रस्तुत गर्दछु।
सहकारीका बर्तमान समस्याका कारणहरु स्
१ । योग्यता बिहिन संचालक र सदस्यस्
सहकारी संस्था संचालन हुनका लागि निश्चित मापदण्ड हरु छन जसको पालना गर्नु संस्थाका नेतृत्व देखि सदस्यहरु सम्मालाइ अति जरुरी हुन्छ तर यसतर्फ कोहि पनि सचेत नभएकाले आज धमाधम सहकारी हरु डुब्दै छन । यसमा योग्यता बिहिन सदस्य र संचालक भन्नुको अर्थ हो कम्तिमा पनि सहकारीका ७ सिद्धान्त र मुल्य हरुको कण्ठस्थ अध्यन र सोहि बमोजिम संस्था संचालन मात्रै गरे पनि बर्तमान समस्याहरु कम हुन्छ तर यो सदस्य र संचालक हरुलाइ पढायो पढायो पाठ सोह्र दुना आठ हो । सर्बप्रथम त निम्न कुरा सबैलाइ स्मरण रहोस्
सहकारीका सात सिद्धान्तहरु स्
१।खुला तथा ऐच्छिक सदस्यता
२। सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
३। सदस्यहरुको आर्थिक सहभागिता
४। स्वायत्तता तथा स्वतन्त्रता
५। शिक्षा, तालिम र सूचना
६। सहकारीहरुबीच पारस्परिक सहयोग
७। समुदायप्रति चासो ।
सहकारीका मूल्यहरु

१. आधार मूल्यहरु (Basic
क. स्वावलम्वन (Self – Help):
ख. स्व-उत्तरदायित्व (Self- Responsibility):
ग. लोकतन्त्र (Democracy):
घ. समानता (Equality):
ङ.समता (Equity):
च. ऐक्यवद्धता (Solidarity):
२.नैतिक मूल्यहरु (Ethical values):
क. इमान्दारी (Honesty):
ख. खुलापन (Openness):
ग. सामाजिक उत्तरदायित्व (Social Responsibility):
घ. अरुको हेरचाह (Caring for Others):

माथिका यति कुरा मात्र सबैले बुझेर हामि सबै मालिक हौ र संस्था हामि सबैको हो यसको हेरचाह र बचावट हाम्रो दायित्व हो भन्ने कुरामा इमानदार भएको भए सबै ठिक हुन्थ्यो । यसरी न्युनतम कुरा पनि नबुज्नु ,लागु र त्यसको पलमा नगर्नु नै योग्यता बिहिन भन्नु हो ।
२। सिद्धान्तत र नैतिक मूल्य हरुको खिलाप स्
धेरैले सहकारीका सिद्धान्तहरु नजानेको नबुजेको सहि हो तर बुजेर पनि पचाएका दलका झोले हरुले गर्दा सहकारीका पुरै सम्भावनाहरुको खिलाप भएको छ । चाहे त्यो सदस्यहरुले संस्था संचालन गर्दा होस , चाहे संस्था बाट पाउने बाहिय तथा आन्तरिक अवसरहरुको पहुँचमा होस वा सस्थागत वित्तिय बितरणको पारदर्शिता होस यो सबै अधिकार एकाध व्यक्तिको मुठ्ठीमा बसेर खिया परेको छ कुनै पनि संस्था र संघहरुको चुनाबमा दलका झोले हरुले भाग पाउने बाहेक अन्य केहि गर्छु भन्ने युवा र पुस्ताले ठाँउ पाउने कुनै चान्स छैन किनकी अपवाद वाहेक हुने चुनावमा समेत जोडघटाउ भइ सम्भावनालाइ‌ राजनितिक र व्यत्तिगत साडगाड गरेर पहिलै निषेद गरिएको हुन्छ। सिंहको सिकार जस्तो सहकारी अभियानले आज सोझा साझा एव गरिखाने जनतालाई स्वार्थको आहारा बनाइरहेको छ ।
३।उदेश्य अनेक स्वार्थ एक मात्रस्
यो देशमा झन्डै ३५ हजार सहकारी कुनै न कुनै हिसाबले समाजमा सक्रिय छन् जाँहा कम्तिमा राजनीतिक र शैक्षिक हिसाबले चेतना उठेका कम्तिमा १५र२० जनाका संचालक र कर्मचारी हरुले एउटा संस्था समालेका छन भने तिनका तलतिर कम्तिमा २०० देखि २ लाख सम्मा सदस्य बनाएका संस्था हरु छन जस हिसाबले हेर्दा करिब ६ लाख संचालकहरु , ४ लाख कर्मचारी र जनसंख्याको झण्डै आधा भन्दा बढि मानिसहरू सदस्यका रुपमा आवद्ध छन । यि सबैले एकएक मात्र फरक उदेश्य लिएर काम गर्ने हो भने नेपालमा ३५ हजार सहकारीबाट ३५ हजार वटा फरक काम हुने थिए बिडम्बना यि सबैलाइ घुमाउने एकाध सुकिलामुकिला हरुले बचत तथा ऋणको काम र नाममा पैसाको दलालि मात्र गरेका छन खालि पैसालाई mबचपभत तय यााष्अभ, यााष्अभ तय mबचपभत गरेर सहकारी उदेश्यलाइ बदनाम र साघुरो पारिरहेका छन। नाम कृषि उधम , ब्यापार, उपभोक्ता, स्वास्थ्य, शिक्षा, संचार एव भ्रमित पार्ने खालका उदेश्य राखेर बिभिन्न बहुउद्देश्यीय सहकारी खोलिएका छन तर काम तेहि हो घुमिफिरी रुम्जाटार । ९९५ सहकारीले गर्ने काम भनेको एउटै हो बचत ऋण। तेसैले उदेश्य अनेक स्वार्थ एक भनिएको छ । एकाध हरुले पद, पैसा र पावरमा सबैलाइ घुमाइ रहेका छन ।
३।सदस्य मालिक शिक्षाको अभावस्
सदस्यहरुले आफु मालिक हु र परिआएको खण्डमा मैले पनि सस्था समाल्नु पर्छ भन्ने थाहा नपाउन र संस्थाहरुमा हुने सामान्य हलचल हरुमा आफूलाइ बिरोधि कित्तामा राखेर आफैले आफ्नो संस्था बारे अफाह फैलाउदै तालाबन्दी गर्नु , उजिर पाजिर गर्नु , अन आवस्यक पैसा फिर्ताको दवाब दिनु , गालि बेइज्जति गर्नु लगाएका खराब आचरण देखाएर आफुले आफ्नै वचत र लगानी मात्र होइन संस्था नै डुबाउने तिर लाग्नुले पनि अहिले देशभरका सहकारी समस्यामा परेका छन । कम्तिमा म पनि मालिक हु र मेरो पनि लगानि छ, संस्था बदनाम हुनु म पनि बदनाम हुनु हो भन्ने सोचाइ राखेर बदनामी ,असफलता र नाफा घाटाको दायित्व एव दोष भरी नेतृत्वलाइ नथुपारिने भए सबै हालका कुनै पनि समस्या एकअर्काबाट हल हुन्थे भने सदस्य हरु मालिका रुपमा सधैं चलाख भइरहे बदमासी , असफलता र घाटाहरुका परिदृश्यहरु साहेद कमै हुने थिए अहिले संचालहरु नै धनि हुन हामि मात्र ऋिणि हौ भनेर मानिसक उदेस्य नै ऋिणिको नराखिए आज न रहयो बास रहयो बासुरी हुन्थेन आज सञ्चालकले सदस्य र सदस्यहरुले सञ्चालक डुबाउने गैरजिम्मेवार खेलले संस्था डुबेकाछन अन्ततः संस्थामा आबद्ध सबै डुबेका छन । प्रकिया
४। राज्यको निति र व्याभार फरकस्
सहकारी संस्था डुब्नुमा मुख्य दोषी नेपालको निकम्मा र दलाल राज्य सत्ता रहेको छ। राज्यले आर्थिक नितिहरुमा भन्छ निजि, सरकारी र सहकारी तर व्याभारत सहकारीलाइ पनि निजि कारणको बाटो जबर्जस्ती घिसार्दै छ, राज्य मात्र निजि कम्पनीहरुलाई मात्र पोष्ने नियतिले राखेर दलालि र भष्ट्राचार गरिरहेको छ यसमा राज्य भन्नाले हाल सम्मा सत्तामा पुगेका सबै प्रकारका दल र विचारका झोलेहरुका ९ मन्त्रालय संचालक र सघं संस्थाका ठेकेदार० अगुवाहरु र सबभन्दा खराब कर्माचारीहरु भन्ने बुज्नु पर्छ। निजि नफाका उदेश्य राखेर खोलिएका पुँजिपति सामन्तहरुका कम्पनी , बैङ्क तथा वित्तीय संस्थाहरुले राज्य कोषको भरपुर दोहन गरिरहदा आमा वर्ग र समुदायका भुइँ मान्छे हरुको सहज पहुँच र प्रतिनिधित्व रहेको सहकारी संस्था र संगठनलाइ पुरै उपेक्षित गरेर छाडा छोड्दिनुले नै बर्तमान समस्या ले आज सिंगै अर्थतन्त्रमा बिष्फोटको रुप लिएको छ। अहिले त राज्य राज्यको सहकारी हेर्ने निकाय भनेको सहकारीलाइ समस्या पार्ने मान्छे हरुलाइ साथ दिने सहेक अरु कुनै माको मार्ने योजना ल्याउन सकेको छैन्। यो भन्दैमा जानाजान सहकारी डुबाउने हरु लाइ छोड्नु पर्छ भन्ने त होइन तर राज्यले दर्ता दिनदेखि नै प्रभावीकारी चुनौती र अवसरहरु सहकारी लाइ दिन सक्नु पर्दथ्यो र पर्छ । यध्यपी अबका दिनमा राज्यले स्थानीय निकायका सम्पुर्ण चालु खर्चहरु, ठेक्का पट्टा, निर्माण , अनुदान लगायतको बजेटलाई सहकारीको माध्यमबाट प्रबाह गर्ने निति लिनु पर्छ र बैङहरुलाइ मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरवका आयोजना ,उघोग धन्दा , कलकारखाना हरुमा ऋण प्रवाह र निक्षप संकलन को अधिकार दिइनु पर्छ। अहिले त बैङहरु नै घरघरमा गएर खाता खोल्ने कार्य गरिरहेका छन ।
डुबन्ते सहकारी समधानका उपाए हरु
राज्यले साच्चिकै चाहाने हो भने बर्तमान सहकारीका समस्या सजिलै हल गर्न सकिन्छ जसबाट गरिखाने देखि हुदा खाने सम्म हरुको पैसा सुरक्षित हुन्छ भने सहकारीले नया उभार उ छलाङ मार्न सक्दछ ।
१। एकल सदस्य सँग गरिने बचत तथा ऋणको कारोवारलाई पुर्णरुपमा बन्देज लगाइ राज्य र सदस्य लाइ नाफा र सेवा दुवै पुर्याउने खालका व्यावसायिक उद्देश्य र लक्ष्य राखिएका सहकारी संस्था मात्र संचालन र दर्ता अनुमति दिनु पर्छ।
२।सहकारी संस्था दर्ता भएदेखि नै कम्तिमा चुक्ता पुँजिको आधारमा नेपाल सरकारले न्युनतम संचालन खर्च धान्न सक्ने गरी सस्तो व्याजदरमा बिउ पुँजि उपल्ब्ध गर्नु पर्छ जसबाट संस्था सुरुमै नाफामा गएर सदस्य हरुको सहभागिता बटुल्न र सेवाको स्थाइत्व र बिकास गर्न सजिलो हुन्छ ।
३। सरकारले सहकारी संस्थाको सुसासन र प्रजातान्त्रिक नियन्त्रण प्रणालीलाइ गम्भिर रुपमा लिइनु पर्छ जसबाट एकल ठेकेदारी प्रथा उन्मूलन हुन्छ। र सहकारी संस्थाहरुमा हुने स्वइच्छाचारी बदमासी खतम अन्य सदस्यहरुले अवसर प्राप्त गर्छन ‌।
४। निश्चित समय र बस्तुग सिमा तोकेर एउटा सहकारीले दर्ता गर्दा कम्तिमा १५र३१ तोकिए जस्तै बडीमा २०० भन्दा माथि सक्रिय व्यावसायिक सदस्यहरू बनाउन नपाउने निति लागु गर्नु पर्छ । जसले गर्दा अनावश्यक प्रवेश र आर्थिक कलेक्सन र षोसण हुने खतराको अन्त्य हुन्छ र संस्थाहरु उदेश्य केन्द्रित हुनेछन ।
५। सरकारले हाल दर्ता भइ समस्यामा रहेका संस्थाहरुलाई रियल दायित्वको २०५ तरलता व्यवस्थापन गर्न सहयोग गरेर पुनः संस्थालाइ तत्तकालका लागि कुनै पनि उत्पादन र सेवा मुलक कार्यहरुमा एकल उदेश्य राखेर संस्था संचालन गर्न लागाएर सहयोग गर्नु पर्छ।
६। सदस्यहरुको प्रेसरमा जेलपरेका र जेल पर्ने डरले फरार भएका हरुलाइ सर्त सहित कानुनि छुट दिएर संस्था सञ्चालनमा फर्काउन र समस्या समाधान गरेर संस्था हस्तान्तरण गर्ने अवसर दिनुपर्छ। जसले गर्दा सामजिक र कानुनी फन्दामा पर्ने डरले जायजेथा बाट अपचलन भएको रकम छिटोछरितो असुल उपर गरेर समस्या ग्रस्त व्याक्ति हरु उम्कने अवसर पाउन सक्दछन् ।
७। ऋणिहरुलाइ सरकारले नै ताकेता गरेर छिटोछरितो असुलउपर गर्नलाइ पहल गर्नुपर्छ र अशुल उपरको कानुनी प्रकिया लाइ पनि छरितो बनाउनु पर्दछ जसबाट ऋणिहरुले आफ्नो दायित्व बोध गरेर सघाउनेछन।
८। निकम्मा केन्द्रिय सघंहरुको बिगठन वा रुपान्तरण गरी सहकारी बैंकहरुको रुपमा गठन गर्न सजह बनाइ सहकारी बैंकको माध्यमबाट बर्तमान सहकारी समस्या हरुको समाधान खोज्नु का साथै एकाध पुँजिपतिले खोलेका निजि बैङ्क नाममाका ठग कम्पनीहरु भन्दा सहकारी बैंकको दायरा, मुल्य,मान्यता र महत्त्व ठुलो बनाउनु पर्दछ।
९। सरकारले राज्यको निर्माण कार्यहरु सगै सेवा मुलुक एव उत्पादन वितरण र खपतको माध्यम नै सहकारी बनाएर रोजगारी र सामाजिक सुरक्षाको उत्तम बिकल्प बनाउने हो भनेपनि ठुलो मात्रामा स( सना एकल व्यक्ति र पुँजिबाट सञ्चालित व्यावसायहरु सामुहिक रुपमा आवद्ध हुनेछन् र पुँजिको उपलब्धतामा सहज हुने छ ।
१०। माथिका उल्लेखित बाहेक सहकारीमा राजनीतिक दलका झोलेहरुले मात्र पद प्राप्त गर्ने, पदमा रहिरहने, पदको दुरुपयोग गर्ने एकल दायित्व सिर्जना गर्ने , प्रारम्भिक सहकारीको कर्मचारी र पदाधिकारी देखि जिल्ला , प्रदेश र केन्द्र सम्माको पदम एकै व्यक्ति बिराजमान रहने , मञ्चमा बसेर दलगत र व्याक्तिगत स्वार्थले भरिएको निकम्मा भाषण गर्नलाइ मात्र पद हत्याउने, जस्ता जुन सहकारी ऐन तथा नियमावली हरुको धज्जी उडाउने काम गरेका छन तेस्ता कुनै पनि व्यक्तिलाई नैतिकताका आधरमा एकल पदमा सिमित पार्नु पर्छ र बर्तमान एैन र चैन वाला मुर्दा कानुनी पाटो लाइ प्रभावकारी बनाउनुपर्छ ।
११। राष्ट्रिय स्तरको सहकारी अध्यक्ष र कर्मचारी ९mबलबनभच गलष्यल ०संघको निर्माण गरी सम्भावना र चुनौतिको बारेमा सरकार र संस्था संचालक लाइ सुझाव दिन सक्ने हुनुपदर्छ ।
१२। वर्तमानमा जिल्ला, प्रदेश तथा केन्द्रका बिषयगत सम्पुर्ण संघ खारेज हुनुपर्छ र सोहि संघहरुलाइ अध्यक्ष र कर्माचारी संघमा रुपान्तरण गरिनुपर्छ।
१३। सहकारी शिक्षालाई राज्य स्तरबाट नै प्रत्येक स्कुल, क्याम्पस देखि समुदाय स्तरमा प्रबाह गर्दै आत्मानिर्भर बित्तिय अनुसासनको कडीको रुपमा सहकारी संस्थालाइ स्थापित गरिनुपर्दछ पर्दछ । अपितु यस्तै हो लुट्न सके लुट कान्छा जय सहकारी ११

( ललित पहाडी
संचालक सदस्य ( प्रस्तावित नेपाल सहकारी बैंक लि तथा अध्यक्ष ( नेपाल नागरिक उधम सहकारी संस्था लि बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *