सर्लाही । सगुन साकोस हरिवन–११, सर्लाहीको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मध्य तराई चौथो क्लष्टरको १४औं कार्यकुशलता तथा ब्यवस्थापन कार्यशाला (पाम) २०७९ भाद्र २० गतेका दिन सगुन साकोसको सभाहलमा सम्पन्न भएको छ । सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षता तथा हरिवन न.पा.का नगर प्रमुख श्री रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथि जिल्ला बचत संघको अध्यक्ष श्री बाबुराम घिमिरेको हुनुहुन्थ्यो भने अतिथिका रुपमा हरिवन न.पा. सहकारी संजालका संयोजक श्री राम प्रसाद घिमिरे, नेफ्स्कूनको कार्यक्रम अधिकृत श्री विदुर खड्का, नेफ्स्कूनका हरिवन फिल्ड कार्यालयको प्रमुख श्री महेश बराल, राष्ट्रिय सहकारी बैंक हरिवनको प्रमुख श्री नारायण लामिछानेको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अतिथीहरुले अहिलेको तरलता अभावको विषम परिस्थितीलाई मध्येनजर गरी बचत आकर्षित गर्ने खालको नीति तथा कार्यक्रम र ऋण लगानीको उचित ब्यवस्थापन, भाखा नाघेको ऋणलाई उचित ब्यवस्थापन तथा बोनस वितरण सम्बन्धि कार्यको उचित ब्यवस्थापन गर्नुपर्ने जोड थियोे । उक्त कार्यक्रममा संस्थाहरुले आ–आफ्नो कार्यकुशलता सिकाईको अनुभव आदान प्रदान भएको थियो ।
पूर्ण तथा ब्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) आवद्ध ९ वटा साकोसहरु सगुन साकोस हरिवन सर्लाही, हातेमालो साकोस सिमारा बारा, तामागढि साकोस कोल्हबी बारा, संकल्प साकोस चपुर रौतहट, सुर्योदय साकोस सोल्टी सर्लाही, नेत्रगंज महिला साकोस नवलपुर सर्लाही, नन्देश्वर महिला साकोस नवलपुर, स्वस्तिक साकोस ईश्वरपुर सर्लाही, चमेली साकोस ईश्वरपुर सर्लाहीका अध्यक्ष, संचालक सदस्य, प्रोवेसन कार्यदल सदस्य, ब्यवस्थापक र सगुन साकोसको उच्च ब्यवस्थापनका कर्मचारीहरुको उपस्थित रहेको यस कार्यक्रमको सहजीकरण नेफ्स्कूनको कार्यक्रम अधिकृत श्री विदुर खड्का तथा कार्यक्रम संचालन सगुन साकोसका सचिव श्री राजकुमार उप्रेतीले गर्नु भएको थियो । अर्को पाम स्वस्तिक साकोसले आयोजना गर्ने दायित्व सहित उक्त कार्यक्रम सम्पन्न भएको थियो ।