लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक र महिला उपसमितिको संयुक्त आयोजनामा भएकोSelf Makeup
तालिम र मादल प्रशिक्षणको समापन कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खर्बुजाले देशको पछिल्लो राजनितिक अवस्थाको चर्चा गर्दै कल्पना नै नगरेको राजनितिक अवस्था भएको र भावी दिनहरुमा यो भन्दा नि खराब स्थिति रहने अदकल गर्नु भयो । अहिलेको अस्थिर राजनीतिक अवस्थालाई औल्यांउदै सबै ठूला राजनितिक दलहरु आफ्नो पार्टीको सिद्धान्त अनुरुप चल्न नसक्दा देश अहिलेको अवस्थामा आएको बताउनु भयो । उहा“ले संस्थाले गरेको गतिविधिको चर्चा गर्दै सहकारी संस्थाहरुले पनि सहकारी सिद्धान्त अनुसार निरन्तर कार्य गर्न सकेमा मात्र प्रगतिको बाटोमा लम्कन सक्ने कुरा राख्नु भयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले देशको आर्थिक अवस्था दमादोल भएकोले तत्काल सुधारमा ल्याउनु पर्ने र यसमा सर्वसाधारणहरु आफै सर्तक रहनु पर्न कुरा राख्नु भयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापना कालदेखि निरन्तर सदस्यहरुलाई अतिरिक्त गतिविधि, तालिम, सामाजिक क्रियाकलापहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिदै जाने बताउनु भयो । सहकारी संस्थाहरुमा देखिएका वेथितिलाई औल्यांउदै अहिले सदस्यहरुले समुदायमा आधारित सहकारी र गैर समुदायमा आधारित सहकारी सजिलै छुट्याउन सक्ने कुरा राख्नु भयो । सांस्कृतिक उपसमितिका संयोजक कमलश्वरी खर्वुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मादल र
Self Makeup तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा धन्यबाद पत्र वितरण भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी रामसुन्दर सुजखु, विष्णुप्रभा सुवाल, महिला उपसमितिका सदस्य लक्ष्मीश्वरी तुकंबन्जार र संस्थाका प्रबन्धक प्रशान्त मानन्धर लगाएतले बोल्नु भएको थियो ।
\