।
जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा. मंसिर ८ गते शुक्रबारको दिन अनमोल पार्टी प्यालेस बिरगंजमा सम्पन्न भएको छ संस्थाकी अध्यक्ष अमृता कुमारी चौरसियाको सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनका संचालक हरेराम पटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो साधारण सभामा संस्थाकी अध्यक्ष चौरसियाले ०७९/०८० को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७९/०८० मा सेयर सदस्य १,२१८ सेयर पुँजी ५८,३२००० बचत संकलन ३,८८,३५,५३४ कर्जा लगानी ४,५८,४१,८१६ रुपैयाँ रहेको बताउनु भयो सो सभामा प्रमुख अतिथि पटेलले सहकारी संस्थाले गरेका गरेका गलत क्रियाकलापका कारण सिङ्गो सहकारी अभियानप्रति नै सदस्यहरुको अविश्वास पैदा भइरहेको बेलामा जन संरक्षण सहकारीले गरेको प्रगति देख्दा खुशी लागेको बताउनु भयो
सहकारी सिद्धान्त मुल्य मान्यतालाई आत्मसाथ गरी संचालन भएका सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै उहाले ब्याजको लोभमा नपरी सुशासनमा चलेका जन संरक्षण सहकारी जस्ता संस्थामा कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्दै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नुभयो त्यसैगरी कार्यक्रममा उत्कृष्ट कर्मचारी नवल यादव तथा उत्कृष्ट सदस्य प्रभु प्रसाद सराद,दीपक कुमार ठाकुर,मुनिलाल पण्डित,डा.जगत प्रसाद दिप,नरेश कुमार चौरसिया,पमि कुमारी लाई दोसल्ला ओढाई मायाको चिनो सहित सम्मान गरिएको थियो
स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष दिलिप कुमार चौरसियाले गर्नुभएको थियो भने कार्यक्रम संचालन संचारकर्मी पत्रकार उज्जवल शर्माले गर्नुभको थियो उक्त कार्यक्रमको ब्यवस्थापन सोहि संस्थाका ब्यवस्थापक नरेश कुमार चौरसियाले गर्नुभएको थियो त्यसैगरी कार्यक्रममा अतिथिहरु जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित,बिरगंज महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका शाखा प्रमुख सुनिल कुमार कर्ण,रास्ट्रिय सहकारी बैंक बिरगंज शाखाका शाखा प्रमुख संजय कुमार महत्तो,जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव जिष्णु बराल,को अपरेटिभ म्यानेजर्स क्लब पर्साका पुर्व अध्यक्ष चन्देश्वर चौरसिया लगायत विभिन्न सहकारी संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख रुपमा उपस्थिति रहेको थियो